फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’ को शुभमुहूर्त

हिमाल प्रेस १४ चैत २०७९ १२:३८ | Tuesday, March 28, 2023
फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’ को शुभमुहूर्त

काठमाडौँ- फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’ को शुभमुहूर्त गरिएको छ। निर्माण पक्षले सोमबार (हिजो) काठमाडौँस्थित मैतिदेवि मन्दिरमा फिल्मको शुभमुर्हूत गरेको हो।  फिल्ममा अनिता पण्डितको लेखन तथा निर्देशन रहने छ।

फिल्म बच्चामा देखिएको अस्वाभाविक सजग मानसिकस्थिति (अटिजम)को समस्या र कसैसँगको व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथामा आधारित रहेको निर्देशक पण्डितले जानकारी दिइन्।

निर्माण टिमका अनुसार फिल्म यसै साताबाट छायाँकन सुरु गरिनेछ। छायांकन शिवपुरी, पाटन, रानीवन लगायतका स्थानहरुमा हुनेछ।
आश्वि फिल्म्स प्रालिले निर्माण गरेको फिल्ममा कलाकार सुरविना कार्की, निशान चौहान, कैलाश रावल र रोशनी कार्की प्रमुख भूमिकामा देखिनेछन्।

प्रकाशित: १४ चैत २०७९ १२:३८ | Tuesday, March 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast