फागुनमा मात्रै ६१ हजारले लिए श्रम स्वीकृति

हिमाल प्रेस ६ चैत २०७९ १३:०२ | Monday, March 20, 2023
फागुनमा मात्रै ६१ हजारले लिए श्रम स्वीकृति

काठमाडौँ- फागुन महिनामा मात्रै वैदेशिक रोजगारीमा जानका लागि ६१ हजार बढीले श्रम स्वीकृति लिएका छन्।

वैदेशिक रोजगार विभागका अनुसार फागुनमा नयाँ श्रम स्वीकृति, पुनःश्रम स्वीकृति र व्यक्तिगत गरी ६१ हजार ८४५ जनाले विदेशमा काम गर्नको लागि चाहिने श्रम स्वीकृति लिएका हुन्।

फागुनमा सबैभन्दा बढी मलेसियाका लागि १९ हजार ८२४ ले श्रम स्वीकृति लिएका छन्। त्यस्तै कतारका लागि ११ हजार ३०३, संयुक्त अरब इमिरेट्सका लागि ९ हजार ७९५, साउदी अरेबियाका लागि ९ हजार ५०३ ले श्रम स्वीकृति लिएको तथ्यांक छ।

कुवेतका लागि २ हजार ४६२, दक्षिण कोरियाका लागि २ हजार २२७ र रोमानियका लागि १ हजार ७० जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ।

फागुनमा १३ हजार ५८० अदक्ष कामदारले श्रम स्वीकृति लिएका छन्। त्यस्तै ४२ हजार ७१८ दक्ष, ५ हजार ४४९ अर्धदक्ष, ६८ व्यावसायिक र ३० उच्च दक्ष श्रमिकले श्रम स्वीकृति लिएको विभागको भनाइ छ।

प्रकाशित: ६ चैत २०७९ १३:०२ | Monday, March 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast