प्लेयर अफ दी म्याच बनेपछि सन्दीपले भने- यही टिमले जिम्बाबे यात्रा तय गर्छ

हिमाल प्रेस २९ फागुन २०७९ १६:२५ | Monday, March 13, 2023
प्लेयर अफ दी म्याच बनेपछि सन्दीपले भने- यही टिमले जिम्बाबे यात्रा तय गर्छ क्रिकेटर सन्दीप लामिछाने। फाइल तस्बिर।

काठमाडौँ- नेपाली क्रिकेट टिमका स्पिनर सन्दीप लामिछानले मोन्टी देशाईले नेपाली क्रिकेट टिम सम्हालेपछि टिम सकारात्मक भएर अघि बढिरहेको बताएका छन्। सोमबार पपुवा न्युगिनीसँगको खेल सकिएपछि आयोजित पत्रकार सम्मेलनमा उनले अहिले सकारात्मक रूपमा अघि बढिरहेको टिमले नै जिम्बाबे यात्रा तय गर्ने विश्वास रहेको बताए।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सोमबार भएको खेलमा पपुवा न्युगिनीका पाँच विकेट लामिछानेले लिएका थिए। खेलको म्यान अफ दी म्याच बनेका लामिछानेले पत्रकार सम्मेलनमा केही समयअघि नेपाली क्रिकेट टिम कठिन अवस्थामा रहेको भन्दै नयाँ प्रशिक्षको आगमनले टिमले गति लिएको बताए। ‘टोलीमा खेलाडीको राम्रो तालमेल मिलेको छ,’ उनले भने, ‘आगामी दिनमा नेपाली क्रिकेट झन राम्रो हुनेमा आशावादी छौँ।’

सोमबारको खेलमा नेपाली क्रिकेट टिमले टस जितेर फिल्डिङ रोजेको थियो। पहिलो ब्याटिङ गरेको पपुवा न्युगिनीले नेपाललाई ९६ रनको सामान्य लक्ष्य दिएको थियो।

जवाफमा ब्याटिङमा उत्रेको नेपालले ७ ओभर ४ बलमा खेल जितेको थियो। पपुवा न्युगिनीलाई ९५ रनमा अलआउट गर्न नेपालका स्पिनर लामिछानेले ५ विकेट लिएका थिए।

लिग–२ अन्तर्गत अब नेपालले अन्तिम खेल बिहीबार युएईसँग खेल्नेछ। त्यसअघि बुधवार युएई र पपुवा न्युगिनीबीच खेल हुनेछ।

प्रकाशित: २९ फागुन २०७९ १६:२५ | Monday, March 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast