प्रेम गर्न नजान्नेले देश चलाउन पनि जान्दैन : मन्त्री किराँती

हिमाल प्रेस १३ चैत २०७९ १२:१० | Monday, March 27, 2023
प्रेम गर्न नजान्नेले देश चलाउन पनि जान्दैन : मन्त्री किराँती फाइल तस्बिर।

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्री बनेपछि आफू सोह्रश्राद्धको बाहुन जस्तो भएको बताएका छन्।

आइतबार काठमाडौँमा आयोजित अमिन नेशनल म्युजिक अवार्डको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सांसद हुँदा मन्त्री बनेपछि ठूलाठूला काम मात्रै गर्नुपर्ने र फुर्सद मिल्ने अनुमान गरेपनि मन्त्री बनेपछि झनै कामको चाप बढी हुने अनुभव गरिरहेको बताएका छन्। उनले मन्त्री बनिसकेपछि आफू सिधा उठाएर हिँड्ने सोहश्राद्धको बाहुन जस्तो भएको बताए।

मन्त्री किराँतीले मानिसको प्राचीन विधा गीत संगीत रहेको बताए। उनले भने, ‘म यो देशमा १० वर्ष सांसद भएर बिताइसकेको छु। मलाई लाग्थ्यो सांसद हुँदाखेरि म धेरै सानो सानो काममा हिँड्थेँ। यतिसम्मकी मान्छेहरुको बसको टिकटमा समस्या समेत पुग्थेँ, अनि लाग्थ्यो मन्त्री भएँ भने फुर्सद हुन्छ होला,’ उनले भने।

‘ठूलोठूलो काम गर्नुपर्छ, ठूलो काम थोरै हुन्छ, अलि फुर्सद हुन्छ होला जस्तो लाग्थ्यो । तर म मन्त्री भएको ६५ दिन हाराहारी हुँदैछ । लाग्छ म त सोह्रश्राद्धको बाहुन जस्तो भएँ। हतारहतार सिधा उठाएर हिँडिहाल्नुपर्ने। त्यसको निम्ति म क्षमाप्रार्थी छु,’ मन्त्री किराँतीले थपे।

मन्त्री किराँतीले राजनीतिज्ञ र क्रान्तिकारीहरू अरूको तुलनामा झनै बढी प्रेमिल हुने बताए। उनले प्रेम गर्न नजान्नेले देश चलाउन पनि नजान्ने बताए।

प्रकाशित: १३ चैत २०७९ १२:१० | Monday, March 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast