प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुला

हिमाल प्रेस ९ चैत २०७९ ७:१६ | Thursday, March 23, 2023
प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुला

काठमाडौँ- शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशन गरेको छ । आज (बिहीबार) विज्ञापन प्रकाशन गरिएको छ।

सामुदायिक विद्यालयको प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो।

न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न सक्ने आयोगले जनाएको छ। ६ हजार १३ जना प्रावि शिक्षकलागि दरखास्त आह्वान गरिएको छ। चैत ९ मा प्रकाशित सूचनाको म्याद आउँदो वैशाख ८ सम्म छ। दोब्बर दस्तुरसहित फर्म बुझाउन भने आउँदो वैशाख १५ सम्म म्याद छ।

प्रकाशित: ९ चैत २०७९ ७:१६ | Thursday, March 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast