प्रधानमन्त्रीलाई विष्णु पौडेलको प्रश्न : पुरानैमा फर्किनुथ्यो भने पुस १० मा किन एमाले चाहिएको?

हिमाल प्रेस ६ चैत २०७९ १४:२० | Monday, March 20, 2023
प्रधानमन्त्रीलाई विष्णु पौडेलको प्रश्न : पुरानैमा फर्किनुथ्यो भने पुस १० मा किन एमाले चाहिएको?

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने आधार र कारण नभएको बताएका छन्। उनले आज संसद्‌मा बोल्दै उनले अन्यलाई पनि मत नदिन अनुरोध गरे।

‘प्रधानमन्त्रीज्युलाई सोध्न चाहन्छु, हिजो तपाइँलाई एमाले चाहियो। आज पुरानो गठबन्धन नै चाहियो,’ उनले भने,‘तपाइँ यो सहयात्रामा फर्किनुथ्यो भने पुस १० मा किन अर्को गठबन्धन बनाउनुभयो?’ उनले राष्ट्रिय सहमति रोदन नभएको बताए। उनले नेकपा एमालेबिनाको राष्ट्रिय सहमति हुनै नसक्ने दाबी गरे।

‘एमालेलाई किनारा लगाउने, एमाले विरुद्ध प्रहार गर्ने। प्रधानमन्त्री बनेको भोलिपल्ट एमालेसँग दूरी बढाउने काम भयो,’ उनले भने,‘ एमालेबिना कसरी राष्ट्रिय सहमति हुन्छ?’

पौडेलले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय एमालेले गरिसकेको र अन्य दललाई पनि मत नदिन आह्वान नै गरे।

‘प्रधानमन्त्रीले सदनसमक्ष विश्वासको मत माग्नुभएको छ। तर जस्तो परिस्थितिमा, जस्तो पृष्ठभूमिबाट गुज्रिँदै उहाँ यो दिनमा आइपुग्नुभएको छ। र जसरी उहाँले विश्वासको मत मागिरहनुभएको छ। मलाई लाग्छ, उहाँलाई विश्वासको मत दिने कुनै आधार र कारण देखिएन,’ उनले भने, ‘यो सिंगो सदनमा विपक्षमा दृढतापूर्वक उभियोस् भन्ने हार्दिकतापूर्वक अनुरोध गर्न चाहन्छु।’

प्रकाशित: ६ चैत २०७९ १४:२० | Monday, March 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast