प्रदेशमाथि प्रश्न उठेका बेला सरकार परिवर्तन हुनु खतरा : खगराज अधिकारी

हिमाल प्रेस ३० फागुन २०७९ १२:३५ | Tuesday, March 14, 2023
प्रदेशमाथि प्रश्न उठेका बेला सरकार परिवर्तन हुनु खतरा : खगराज अधिकारी

काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले संविधानमा जेजस्ता कुरा लेखिए पनि व्यवहारमा देखिएको केन्द्रीकृत मानसिकताले अपेक्षाकृत परिवर्तन गर्न चुनौती खडा भइरहेको बताएका छन्।

प्रदेश सरकारको अभ्यास, उपलब्धि र चुनौतीबारे छलफलमा उनले संघीयता कार्यान्वयनका धेरै राम्रा, केही पेचिला र केही नकारात्मक पक्ष भएको टिप्पणी गरे।

मुख्यमन्त्री अधिकारीले भने, ‘संविधानको परिपालना भनेको पाठ पढाउने विषय होइन, पालना नै लोकतन्त्रको अनिवार्य शर्त हो। लोकतन्त्रको जेठासी र क्रान्तिकारी हुँ भन्नेबाटै पनि संविधान उल्लंघन भएको छ।’

दलको नीति, सिद्धान्त, विचार, पहिचान र चुनाव चिह्नसमेतलाई तिलाञ्जलि दिएर चुनावमा होमिनु भनेको अवसरवादलाई व्यापक र व्याप्त बनाउने कार्य भएको जनाउँदै मुख्यमन्त्री अधिकारीले यस्ता नकारात्मक पक्षलाई तुरुन्त सच्याउन आवश्यक रहेको बताए।

एक प्रसंगमा नेकपा एमाले स्थायी कमिटी सदस्य अधिकारीले भने, ‘प्रदेशको औचित्यमाथि गम्भीर प्रश्न उठेका बेला तीन-तीन महिनामा सरकार फेर्ने हो भने यसको सान्दर्भिकतामाथि प्रश्न चिह्न खडा हुन्छ, यो दुर्भाग्यपूर्ण विषय हो । प्रदेश मन्त्रालयको संख्या घटाएर, मितव्ययी बनाएर तथा जनताको नजिकैको सरकारको अनुभूति दिलाएर यसको जवाफ दिन हामी खोजिरहेका छौँ।’

 

प्रकाशित: ३० फागुन २०७९ १२:३५ | Tuesday, March 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast