प्रचण्डविरुद्धको रिट न्यायाधीश खतिवडाको इजलासमा

हिमाल प्रेस २६ फागुन २०७९ ११:१५ | Friday, March 10, 2023
प्रचण्डविरुद्धको रिट न्यायाधीश खतिवडाको इजलासमा

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध द्वन्द्वकालीन घटनाका सम्बन्धमा सर्वोच्च अदालतमा दायर मुद्दाको पेसी न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा तोकिएको छ।

यसअघि बिहीबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा उक्त मुद्दाको पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’मा राखिएको थियो।

ज्ञानेन्द्रराज आरणसहितले मंगलबार सर्वोच्च अदालतमा दर्ता गरेको रिट निवेदनमाथिको सुनुवाइका लागि बिहीबार न्यायाधीश श्रेष्ठको एकल इजलासमा पेसी तोकिएको थियो। न्यायाधीश श्रेष्ठ संयुक्त इजलासमा मुद्दा सुनुवाइमा हुँदा एकल इजलास बस्नै सकेन। न्यायाधीश श्रेष्ठ र अनिलकुमार सिन्हाको संयुक्त इजलास थियो।

प्रकाशित: २६ फागुन २०७९ ११:१५ | Friday, March 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast