प्रचण्डलाई विश्वासको मत दिन कांग्रेसका सांसदलाई ह्वीप

हिमाल प्रेस ५ चैत २०७९ १३:०९ | Sunday, March 19, 2023
प्रचण्डलाई विश्वासको मत दिन कांग्रेसका सांसदलाई ह्वीप कांग्रेस प्रमुख सचेतक रमेश लेखक

काठमाडौँ– नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन आफ्ना सांसदलाई ह्वीप जारी गर्ने निर्णय गरेको छ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकलगत्तै आज आइतबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीको पक्षमा मतदान गर्न सांसदलाई ह्वीप जारी गर्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

कार्यसम्पादन समितिको बैठकको निर्देशनअनुसार नै संसदीय दलको बैठकले पनि आजैदेखि संसद्‌को सत्तापक्षी बेन्चमा बस्ने निर्णय गरेको छ। आजै बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको थियो। सोमबार भोलि प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची छ। योग्यता, योगदान, समावेशीता र प्रादेशिक सन्तुलनका आधारमा मन्त्री बनाउने मापदण्ड कांग्रेसले तोक्ने बताएको छ। गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त प्रचण्डलाई दिएको एमाले राप्रपा र रास्वपाले समर्थन फिर्ता लिएसँगै पुन: विश्वासको मत लिनुपरेको हो।

प्रकाशित: ५ चैत २०७९ १३:०९ | Sunday, March 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast