प्रचण्डलाई माधव नेपालको प्रस्ताव : ‍पुरानो नेकपालाई ब्युँताउँ

हिमाल प्रेस १० चैत २०७९ १३:३३ | Friday, March 24, 2023
प्रचण्डलाई माधव नेपालको प्रस्ताव : ‍पुरानो नेकपालाई ब्युँताउँ नेकपा(एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा ब्युँताउन प्रस्ताव गरेका छन्। आज शुक्रबार पार्टीनिकट भूतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुरानो पार्टी नेकपा ब्युँताउन प्रस्ताव गरेका हुन्।

उनले नेकपा ब्युँताउन प्रचण्ड सकरात्मक रहेको पनि बताए।

‘आज बिहान पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मेरो कुराकानी भयो,’ उनले भने, ‘हाम्रो पार्टीले पुरानो नेकपालाई रिभाइभ गरौँ। एउटै ठाउँमा आउनुस् हिम्मत गर्नुस् भनेर मैले भनेँ।’

तत्काली नेकपा ब्युँताउने विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वास्ता नगरेको आरोप पनि नेपालले लगाए।

त्यस्तै नेपालले पार्टीकै नेताहरूले कसरत कम गर्नाले निर्वाचनमा सोचेअनुसारको मतपरिणाम नआएको बताए। ‘अहिले हाम्रो पार्टीले प्रत्यक्ष निर्वाचनमा चौथो स्थान हासिल गरेको छ। अहिले पनि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा मतभारको हिसाबले हाम्रो पार्टी चौथो स्थानमा रह्यो,’ उनले भने, ‘तर, समानुपातिक मतको सम्म हिसाब जोड्दा हाम्रो पार्टी तल सातौं स्थानमा पुगेको छ । त्यो पनि हाम्रै कमजोरीले।’

प्रकाशित: १० चैत २०७९ १३:३३ | Friday, March 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast