प्रचण्डको मति सप्रिन्छ कि भनेर मौका दिएको भएन : केपी ओली

हिमाल प्रेस १२ चैत २०७९ १८:४३ | Sunday, March 26, 2023
प्रचण्डको मति सप्रिन्छ कि भनेर मौका दिएको भएन : केपी ओली फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति संकेत गर्दै मति बिग्रेको मति सप्रिन्छ कि भनेर मौका दिएको टिप्पणी गरेका छन्। आइतबार मिसन ग्रासरुट अभियानअन्तर्गत अर्घाखाँचीको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन्।

‘दुईतिहाइका पार्टी फुटाए। फेरि अस्ति आफू पछाडि बसेर सरकार बनाउन खोजियो। मति बिग्रेको मति सप्रिन्छ कि भनेर मौका दिन खोजियो,’ उनले भने, ‘तर, त्यसका बाबजुद हामीले देख्यौँ सरकार बनाएको भोलिपल्टबाट मैले हेरेँ चालमाल ठिक छैन। सरकार ढाल्न लागिरहेको छ।’

अध्यक्ष ओलीले सरकार ढाल्ने खेल खेलेपछि आफूहरूले देशलाई समृद्ध नेपाल र सुखी नेपाल बनाउने संकल्प गर्नैपर्ने बताए।

‘हाम्रो मिहिनेतले झण्डै दुईतिहाइका स्थिति बनायौँ। हामीलाई अहिले हटाइयो जालझेल गरेर। आवश्यकता एकतिर थियो। तर, संसदको अंकगणित गलत ढंगले प्रयोग गरेर हटाइयो,’ उनले थपे, ‘तर, हामी जस्केलाबाट होइन, झ्यालबाट होइन, भेन्टिलेसनबाट होइन, हामी सिंहदरबारको मूल ढोकाबाट फेरि सिंहदरबार फर्किन्छौँ भन्ने मैले हामीलाई हटाउने बेलामा भनिएको थियो।’

प्रकाशित: १२ चैत २०७९ १८:४३ | Sunday, March 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast