प्यारागन पब्लिक स्कुलको ब्रान्ड एम्बेस्डरमा मण्डेकाजी

हिमाल प्रेस ७ चैत २०७९ २०:५५ | Tuesday, March 21, 2023
प्यारागन पब्लिक स्कुलको ब्रान्ड एम्बेस्डरमा मण्डेकाजी

काठमाडौँ- प्यारागन पब्लिक स्कुलको ब्रान्ड एम्बेस्डरमा मण्डेकाजी श्रेष्ठ नियुक्त भएका छन्। १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताका दोहोरो स्वर्ण पदक विजेता श्रेष्ठलाई स्कुलले दुई वर्षका लागि ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो।

मासिक तलबका साथै श्रेष्ठले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिँदा विद्यालयले उनलाई सहयोग गर्ने सहमति पनि भएको छ।सहमतिपत्रमा श्रेष्ठ, विद्यालयकी प्रधानाध्यापक बिना बानु र प्रबन्ध निर्देशक शाकिर उद्दिनले हस्ताक्षर गरेका छन्।

श्रेष्ठले स्कुलले आफूलाई विद्यालयको खेलकुदको विकास गर्ने कार्यका साथै शैक्षिक गतिविधिमा समेत संलग्न गराई ब्रान्ड एम्बेस्डर नियुक्त गरेकामा खुसी लागेको र विद्यालयप्रति कृतज्ञ रहेको बताए।

प्रकाशित: ७ चैत २०७९ २०:५५ | Tuesday, March 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast