पोखरामा रेवान कप टेनिस

हिमाल प्रेस १ चैत २०७९ १३:५८ | Wednesday, March 15, 2023
पोखरामा रेवान कप टेनिस

पोखरा- कास्की जिल्ला टेनिस संघको आयोजनामा तेस्रो रेवान कप टेनिस प्रतियोगिता सुरु भएको छ।

मुख्य प्रायोजक रेवान पोखराका पूर्वअध्यक्ष गोपीबहादुर भट्टराईले टुर्नामेन्ट डाइरेक्टर शक्ति शर्मालाई बुधबार बल हस्तान्तरण गर्दै प्रतियोगिता उद्घाटन गरे। ५ चैतसम्म पोखरा रंगशालामा संचालन हुने प्रतियोगितामा सिंगलतर्फ ३२ र डबल्सतर्फ १६ टिमले भाग लिएका छन्।

विजयी खेलाडीले नगद १० हजारसहित ट्रफी तथा उपविजेताले ५ हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन्। उद्घाटन समारोहमा कास्की जिल्ला टेनिस संघ अध्यक्ष लोक गुरुङले कास्कीमा टेनिस गतिविधि चलायमान बनाउन तथा नयाँ खेलाडीलाई टेनिसतर्फ आकर्षित गर्न प्रतियोगिता महत्वपूर्ण रहेको बताए।

रेवान पोखरा अध्यक्ष नरेश भट्टराईले पोखरामा खेल पर्यटन विकासका लागि रेवानले बर्सेनि प्रतियोगिता गर्दै आएको जनाए। उद्घाटन खेलमा माधव भण्डारीले नारायण पहारीलाई ६-७, ६-० र सुपरटाईमा १०-२ ले पराजित गरे।

प्रकाशित: १ चैत २०७९ १३:५८ | Wednesday, March 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast