काठमाडौँ- ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अनेरास्ववियुका विराज अर्याल स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदमा निर्वाचित भएका छन्। आज भएको निर्वाचनमा एमालेनिकट विद्यार्थी संगठनका अर्याल निर्वाचित भएका हुन्।
अर्यालले अखिल क्रान्तिकारीका अजयकुमार मण्डललाई पराजित गरे। यहाँ नेविसंघबाट विद्रोह गरेका शंकर पन्थी र स्वतन्त्रबाट युरिका वन, नविन खनाल पनि अर्यालसँगै चुनावी प्रतिस्पर्धामा थिए।
२६ सय ९९ मतदाता रहेकोमा यहाँ २३ सय ४१ जनाले मतदान गरेका थिए। यहाँ विद्युतीय मतदान भएको थियो। अन्तिम मतपरिणाम भने सार्वजनिक हुन बाँकी छ।
प्रकाशित: ५ चैत २०७९ १९:२१ | Sunday, March 19, 2023
प्रतिक्रिया




