पीकेमा नेविसंघ र अखिल संयुक्तबीच प्रतिस्पर्धा हुने

हिमाल प्रेस १ चैत २०७९ १६:०३ | Wednesday, March 15, 2023
पीकेमा नेविसंघ र अखिल संयुक्तबीच प्रतिस्पर्धा हुने

काठमाडौँ– पद्मकन्या क्याम्पस (पीके)स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल संयुक्तका उम्मेदवारबीच चर्को प्रतिस्पर्धा हुने देखिएको छ।

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको प्रभाव रहँदै आएको क्याम्पसमा नेकपा माओवादी केन्द्रको विद्यार्थी अखिल क्रान्तिकारी र नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबीच तालमेल भएसँगै द्विपक्षीय प्रतिस्पर्धा हुने देखिएको हो।

क्याम्पसले उम्मेदवार र मतदाता विद्यार्थीको मंगलबार अन्तिम नामावली सार्वजनिक गरिसकेको छ। स्ववियु निर्वाचनमा नेविसंघको तर्फबाट ज्योति पनेरु र अखिल संयुक्तको तर्फबाट अखिल क्रान्तिकारीकी त्रिसना आले मगरले उम्मेदवारी दिएकी छन्।

यस्तै नेविसंघबाट स्ववियु सचिवका लागि भूपेश्वरी ऐर (भूपि) कोषाध्यक्षमा श्रेया मैनालीले उम्मेदवारी दिएकी छन् भने अखिल संयुक्तको तर्फबाट सचिवमा अनेरास्ववियुकी सुनैना श्रेष्ठ र कोषाध्यक्षमा सुजाता सुनारले उम्मेदवारी दिएकी छन्।

पिके क्याम्पसमा अखिल क्रान्तिकारी संयुक्तबाट स्ववियु सभापतिमा लक्ष्मी पाण्डे र सचिवमा ज्योति गिरिको उम्मेदवारी परेको छ।

कोषाध्यमा क्रान्तिकारी विद्यार्थी आन्दोलनको तर्फबाट मंगला मल्लले उम्मेदवारी दिएकी छिन्। यही समुहसँग नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले दुईवटा सदस्य लिएर तालमेल गरेको छ।

अखिल (क्रान्तिकारी) विप्लव समुहबाट स्ववियु सभापतिमा प्रजिना दर्नाल, सचिवमा प्रेमिता बानियाँ र कोषाध्यक्षमा रिता थापाको उम्मेदवारी परेको छ।

प्रकाशित: १ चैत २०७९ १६:०३ | Wednesday, March 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast