पशुपतिका अतिक्रमित संरचना हटाउन महानगरको सूचना

हिमाल प्रेस १९ फागुन २०७९ १७:४९ | Friday, March 3, 2023
पशुपतिका अतिक्रमित संरचना हटाउन महानगरको सूचना

काठमाडौँ– पशुपतिनाथ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका संरचना २४ घण्टाभित्र हटाउन काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको छ।

महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा निर्माण गरिएका संरचनाको निरीक्षणपछि ती संरचना हटाउन निर्देशनसहितको अल्टिमेटम दिएको जानकारी पाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीले बताए।

पशुपति क्षेत्र विकास कोषबाट एक रोपनी जग्गा वार्षिक ५० हजार रूपैयाँ भाडामा लिएर १० रोपनी जग्गा गौशाला धर्मशालाका नाममा सञ्चालन भइरहेको पाइएको महानगरले जनाएको छ।

यस्तै पशुपति क्षेत्रमा २० भन्दा धेरै सटर विना दर्ता सञ्चालन भइरहेको महानगरको निरीक्षणमा भेटिएको बताइएको छ।

धर्मशालाले नक्सा पास विना नै संरचना निर्माण गरेको समेत पाएकाले त्यस्ता संरचना हटाउने महानगरले जनाएको छ। बुधबार कोषले महानगरलाई एक पत्र लेख्दै पशुपति क्षेत्र विकास कोष र महानगर दुवैलाई थाहा नदिइ अवैध रूपमा निर्माण गरिएका संरचना, सम्झौता विपरितका व्यवसाय र अतिक्रमित संरचना हटाउन अनुरोध गरेको थियो।

सोहीअनुसार महानगरले बिहीबार अनुगमन गर्दै २४ घण्टाभित्र त्यस्ता संरचना हटाउन निर्देशन दिएको हो।

प्रकाशित: १९ फागुन २०७९ १७:४९ | Friday, March 3, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast