परीक्षा सञ्‍चालनकाे माग गर्दै मपवि स्ववियु निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी

हिमाल प्रेस १७ फागुन २०७९ १२:४१ | Wednesday, March 1, 2023
परीक्षा सञ्‍चालनकाे माग गर्दै मपवि स्ववियु निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी

काठमाडौँ- मध्यपश्चिम विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले स्ववियु निर्वाचन अधिकृतको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छ्न्।

विद्यार्थीले बुधबार फागुन १५ देखि १९ सम्म तोकिएको स्कुल अफ म्यानेजमेन्टको मध्यवर्ती परीक्षाले स्ववियु निर्वाचनमा कुनै पनि असर नगर्ने भन्दै परीक्षा सञ्चालनमा रोक लगाउन निर्वाचन अधिकृतको कार्यालयले दिएको निर्देशन फिर्ता लिन माग गरेका हुन्।

परीक्षा सञ्चालन नगरेसम्म निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गर्ने विद्यार्थीले जनाएका छन्।

विश्वविद्यालयले चैत ३ गते स्ववियु निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो।

प्रकाशित: १७ फागुन २०७९ १२:४१ | Wednesday, March 1, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast