परीक्षा केन्द्र सहज बनाउन त्रिविलाई विद्यार्थी संगठनको आग्रह

हिमाल प्रेस ९ चैत २०७९ १३:१२ | Thursday, March 23, 2023
परीक्षा केन्द्र सहज बनाउन त्रिविलाई विद्यार्थी संगठनको आग्रह

काठमाडौँ-  त्रिभुवन विश्वविद्यालय (त्रिवि) काे परीक्षा केन्द्रलाई व्यवस्थित बनाउन तीन विद्यार्थी संगठनले आग्रह गरेका छन्। अपायक स्थानमा परीक्षा केन्द्र राखेर विद्यार्थीलाई अनावश्यक तनाव नदिन विद्यार्थी संगठनले त्रिविकाे ध्यानाकर्षण गराएका हुन्।

टाढा परीक्षा केन्द्र राख्दा विद्यार्थीले अनावश्यक हैरानी व्यहोर्नु पर्ने भएकाले पायक र सहज स्थानमा परीक्षा केन्द्र तोक्न उनीहरूले अनुरोध गरेका छन्।

नेविसंघ सभापति दुजाङ शेर्पा, अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले आज एक विज्ञप्ति जारी गर्दै विद्यार्थीलाई पायक पर्ने ठाउँमा परीक्षा केन्द्र राख्न माग गरेका हुन्।

यही चैत १२ गतेदेखि स्नातक तह चौथो वर्षको परीक्षा हुँदैछ। विद्यार्थीले पढिरहेको क्याम्पसभन्दा धेरै टाढा परीक्षा केन्द्र राख्ने निर्णय तत्काल सच्याउन पनि उनीहरूले माग गरेका छन्।

प्रकाशित: ९ चैत २०७९ १३:१२ | Thursday, March 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast