स्ववियु निर्वाचन नभएका क्याम्पसमा चाँडै निर्वाचन गर्न त्रिविको निर्देशन

हिमाल प्रेस ५ चैत २०७९ २१:१५ | Sunday, March 19, 2023
स्ववियु निर्वाचन नभएका क्याम्पसमा चाँडै निर्वाचन गर्न त्रिविको निर्देशन घडी भवन, त्रिवि कीर्तिपुर।

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन रोकिएका आंगिक क्याम्पसमा चाँडै निर्वाचन सम्पन्न गर्न सम्बन्धित क्याम्पस प्रशासनलाई निर्देशन दिएको छ। उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले आइतबार एक विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएका हुन्।

केही क्याम्पसहरूमा विद्यार्थी संगठनहरूको आपसी विवादका कारण निर्वाचन हुन नसकेको उल्लेख गर्दै उनले त्यस्ता क्याम्पसहरूमा आपसी समझदारी बनाएर चाँडै निर्वाचन सम्पन्न गर्न विद्यार्थी नेतृत्व र क्याम्पस प्रशासनलाई उनले निर्देशन दिएका छन्।

‘हुन गइरहेको परीक्षालाई मध्यनजर गरी सोअगावै आपसी समझदारी कायम गर्दै कसैले कसैको हारजित नसम्झी निर्वाचन प्रक्रियालाई सम्पन्न गर्न अनुरोध गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ५ चैत २०७९ २१:१५ | Sunday, March 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast