काठमाडौँ- नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएकाछन्। परिसंघको गभर्निङ काउन्सिल समितिले परिसंघको विधानअनुसार अग्रवाललाई वरिष्ठ उपाध्यक्षमा चयन गरेको हो।
आगामी वार्षिक साधारण सभापछि अग्रवाल स्वतः परिसंघको अध्यक्ष हुनेछन्। परिसंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नयाँ कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था छ।
डेढ दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्य, उद्योग समिति सभापति, राजस्व समिति सभापति एवं विभिन्न समितिमा रहेर काम गरिसकेका अग्रवाल रोजगारदाता परिषद् संयोजक पनि भइसकेका छन्।
अग्रवाल सन् १९९२ देखि उद्योग क्षेत्रमा छन्। आरएमसी ग्रुपका कार्यकारी निर्देशक समेत रहेका अग्रवाल सिमेन्ट, स्टिल, खाद्यलगायतका क्षेत्रमा आबद्ध छन्।
प्रकाशित: ९ चैत २०७९ १४:५६ | Thursday, March 23, 2023
प्रतिक्रिया



