पत्रकारहरूको नि: शुल्क आँखा जाँच शिविर सम्पन्‍न

हिमाल प्रेस १३ चैत २०७९ १७:२६ | Monday, March 27, 2023
पत्रकारहरूको नि: शुल्क आँखा जाँच शिविर सम्पन्‍न

सुर्खेत– नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवस तथा ४५ औं नेत्रज्योति दिवसका अवसरमा नि: शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघको आयोजना, एकीकृत आँखा तथा कान कार्यक्रमको व्यवस्थापन तथा नेपाल नेत्रज्योति संघको सहकार्यमा सुर्खेतमा क्रियाशील पत्रकारहरूको नि: शुल्क आँखा जाँच गरिएको हो।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र शर्माले पत्रकारहरूले दृष्टि स्वास्थ्यमा ध्यान दिन जरुरी रहेको बताए। पत्रकाहरू बढी समय इलेक्ट्रोनिक सामग्रीनजिक रहेर काम गर्नुपर्ने भएकाले समय-समयमा आँखा जाँच गराउनु पर्नेमा जोड दिए।

यस्तै एकीकृत आँखा तथा कान कार्यक्रमका कर्णाली प्रदेश संयोजक मानबहादुर कुँवरले अन्धोपनलाई हटाउँन कर्णालीमा आँखा उपचारका लागि छुट्टै रणनीति बनाएर काम गरि रहेको बताए।

विधुतीय सामग्रीहरूमा बढी बस्नुपर्दा पत्रकारहरूका आँखामा विभिन्न समस्या देखा पर्ने हुँदा थप समस्या नहोस भनेर शिविरको आयोजना गरिएको उनले बताए।

यस्तै पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष ललित बसेलले पत्रकारहरूले दिनहुँ कम्प्युटरमा बसी काम गर्दा आँखामा आउने समस्याबारे पनि संवेदनशील हुनु पर्ने भएकाले यस शिविरको आयोजना गर्नुहुने नेपाल नेत्रज्योति संघलाई धन्यवाद दिएका छन्।

प्रकाशित: १३ चैत २०७९ १७:२६ | Monday, March 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast