नेविसंघ काठमाडौँको अध्यक्षमा डंगोल

हिमाल प्रेस २८ फागुन २०७९ ८:४१ | Sunday, March 12, 2023
नेविसंघ काठमाडौँको अध्यक्षमा डंगोल

 काठमाडौँ- नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौँ जिल्लाको अध्यक्षमा मनिष डंगोललाई जिम्मेवारी दिएको छ।

नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आगामी तीन महिनाभित्र नेविसंघको जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि शनिबार डंगोललाई जिम्मेवारी प्रदान गरेका हुन्।

डंगोल काठमाडौँ महानगरपालिका-२६ सामाखुशीका स्थायी बासिन्दा हुन्।

अध्यक्ष शेर्पाले नेविसंघ काठमाडौँको रिक्त अध्यक्ष पदमा संघको विधान २०२७ को छैटौँ संशोधन २०७५ बमोजिम तीन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी डंगोललाई अध्यक्षको जिम्मेवारी दिएका हुन्।

प्रकाशित: २८ फागुन २०७९ ८:४१ | Sunday, March 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast