नेविसंघ अध्यक्षको हस्ताक्षर दुरुपयोग गरेको आरोप, कारबाहीको चेतावनी

हिमाल प्रेस १५ चैत २०७९ ८:४१ | Wednesday, March 29, 2023
नेविसंघ अध्यक्षको हस्ताक्षर दुरुपयोग गरेको आरोप, कारबाहीको चेतावनी

काठमाडौँ- नेविसंघ अध्यक्ष दुजाङ शेर्पाको हस्ताक्षर र नेविसंघ केन्द्रीय समितिको लेटरप्याड दुरुपयोग गरेर पत्र आतंक गरिएकोमा नेविसंघले छानबिन गरी कारबाही गर्ने चेतावनी दिएको छ।

लेटरप्याड र अध्यक्ष शेर्पाको हस्ताक्षर दुरुपयोग गरी बाँके, बर्दिया, रूपन्देही र कास्कीमा अध्यक्ष तोकेकाजस्ता पत्र बनाइएको पाइएको छ।

नेविसंघका मुख्यसचिव विजय खड्काले विज्ञप्ति निकालेर फोटोसपमार्फत भएको हस्ताक्षर र लेटरप्याड दुरुपयोगको विषय छानबिन गरी कारबाहीको दायरामा ल्याउने उल्लेख गरेका छन्।

‘विभिन्न पत्र सार्वजनिक भएका छन् ती पत्र आधिकारिक नभएको जानकारी गराइन्छ,’ उनले भनेका छन्।

नेविसंघले बाँके अध्यक्ष उपेन्द्रबहादुर विष्ट, बर्दिया अध्यक्ष असीमविक्रम शाह, रूपन्देहीमा सन्दीप पाण्डे र कास्कीमा नसिब गुरूङ आधिकारिक भएको पनि विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रकाशित: १५ चैत २०७९ ८:४१ | Wednesday, March 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast