नेपाल-भारतबीच सम्बन्धका नयाँ आयाम विस्तार हुँदैछन् : मन्त्री किराती

हिमाल प्रेस १४ चैत २०७९ १२:१० | Tuesday, March 28, 2023
नेपाल-भारतबीच सम्बन्धका नयाँ आयाम विस्तार हुँदैछन् : मन्त्री किराती फाइल तस्बिर।

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल र भारतको सम्बन्धका थप नयाँ आयामहरू बिस्तार हुने क्रममा रहेको बताएका छन्।

सोमबार ललितपुरमा आयोजित नेपाल-भारत उद्योग वाणिज्य संघको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपाल-भारत बीच स्थल र हवाइमार्गको मात्रै सम्बन्ध नभई रेलमार्ग र जलमार्गको नयाँ आयामहरु विस्तार हुने बताए।

मन्त्री किरातीले भने, ‘नेपाल र भारतको सम्बन्ध हवाई र स्थलमार्ग मात्रै नभई अब नयाँ आयामहरु पनि बिस्तारै थपिँदै छ। रेल सञ्चालनले यो आयामलाई थप टेवा दिने नै छ। अहिले यसमा थप बिस्तारका सम्बन्धमा विचार हुँदैछ भने जल मार्ग पनि अर्को आयाम हुनसक्छ। जसले नेपाल र भारतको प्राचिनकालीन सम्बन्धलाई थप उचाईमा पुर्‍याउने मलाई विश्वास छ।’

नेपाल भारत उद्योग वाणिज्य संघको अगुवाईमा प्रकाशनमा आएको यो कफी टेबल पुस्तकमा समावेश गरिएका दुई देशका विभिन्न धार्मिक, सांस्कृतिक, स्थलहरुले नेपाल र भारतका धार्मिक पर्यटकहरूका लागि थप उत्कसुकता जनाउनेछ भने धार्मिक स्थल, सांस्कृति स्थलको प्रवर्द्धन र विकास गर्न यसले योगदान दिनेछ,’ उनले भने।

प्रकाशित: १४ चैत २०७९ १२:१० | Tuesday, March 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast