नेपाल प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा

हिमाल प्रेस ६ चैत २०७९ १०:५५ | Monday, March 20, 2023
नेपाल प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा

काठमाडौँ- नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षिक (डीआईजी)को प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन्।

बढुवा समितिको बैठकले गरेको सिफारिसअनुसार गृह मन्त्रालयले पेस गरेको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच डिआईजीलाई एआईजीमा बढुवा गरेको हो। गृहस्रोतका अनुसार डीआईजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यको बढुवा भएको हो।

हाल कुँवर मधेश प्रदेश, राई लुम्बिनी प्रदेश, थापा बागमती प्रदेश, ज्ञवाली कोशी प्रदेश र बज्राचार्य प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत छन्।

प्रकाशित: ६ चैत २०७९ १०:५५ | Monday, March 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast