नेपाल– पाकिस्तान मैत्रीपूर्ण टी२० क्रिकेट सुरु

हिमाल प्रेस २७ फागुन २०७९ १८:४४ | Saturday, March 11, 2023
नेपाल– पाकिस्तान मैत्रीपूर्ण टी२० क्रिकेट सुरु

काठमाडौँ- नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी२० क्रिकेट प्रतियोगिताको आठौं संस्करण काठमाडौँमा सुरु गरिएको छ। काठमाडौँस्थित पाकिस्तानी दूतावासको आयोजनामा हुँदै आएको प्रतियोगिताको उद्घाटन शनिबार गरिएको हो।

उद्घाटन कार्यक्रममा पाकिस्तानी दूतावासका उच्चपस्थ अधिकारीसँगै नेपालका पूर्व उपप्रधानमन्त्री सीपी मैनाली र क्यानका पूर्वअध्यक्ष बिनाराज पाण्डेको उपस्थिति थियो।

पूर्व उपप्रधानमन्त्री मैनालीले पाकिस्तानी दूतावासको आयोजनामा प्रत्येक वर्ष सफलतापूर्वक क्रिकेट प्रतियोगिता हुँदै आएको बताए। क्रिकेटको माध्यमले दुई देशका युवालाई आपसमा जोडेको उनको भनाइ थियो। त्यस्तै क्यानका पूर्वअध्यक्ष पाण्डेले क्रिकेटले नेपाल र पाकिस्तान दुई देशको सम्बन्ध बलियो बनाउने मात्रै नभई युवा खेलाडीले अवसर पाउने पनि बताए।

त्यस्तै पाकिस्तानी दूतावासको कार्यबाहक राजदूत उमैर अलीले क्रिकेट खेल मात्रै नभएर दुई देशका नागरिकलाई आपसमा जोड्ने माध्यम समेत भएको बताए।

प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ। प्रतियोगिताको फाइनल खेल १८ मार्चमा हुनेछ।

प्रकाशित: २७ फागुन २०७९ १८:४४ | Saturday, March 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast