नेपाल-पाकिस्तान मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता सम्पन्न

हिमाल प्रेस ४ चैत २०७९ २२:०८ | Saturday, March 18, 2023
नेपाल-पाकिस्तान मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता सम्पन्न

काठमाडौँ- ‘नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिता २०२३’ सम्पन्न भएको छ। काठमाडौँस्थित पाकिस्तानी दूतावासले आयोजना गरेको आठौँ संस्करणको प्रतियोगिता शनिबार सम्पन्न भएको हो। प्रतियोगिताको विजेता टिमलाई पूर्वपररराष्ट्रमन्त्री रमेशनाथ पाण्डेको हातबाट ‘हिमालय शमशेर राणा ट्रफी’ प्रदान गरिएको थियो। प्रतियोगिताको विजेता पल्सर क्रिकेट एक्सेलेन्स सेन्टर रहेको छ। त्यस्तै पाकिस्तानी दूतावासको टिम प्रतियोगिताको उपविजेता बनेको छ।

समापन कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङको सहभागिता थियो। त्यस्तै परराष्ट्र मन्त्रालयका सहसचिव रामप्रसाद सुवेदीलगायत अन्य कूटनीतिक नियोगका अधिकारीहरूको सहभागिता थियो।

समारोहलाई सम्बोधन गर्दै पूर्वमन्त्री पाण्डेले कार्यक्रम सफलतापूर्वक आयोजना गरेकोमा पाकिस्तानी दूतावासलाई धन्यवाद व्यक्त गरे।

त्यस्तै नेपालका लागि पास्तिानी राजदूत उमैर अलीले प्रतियोगिताले नेपाल र पाकिस्तानबीच पारस्परिक हितका सबै क्षेत्रमा थप सहयोग र सहकार्यको लागि महत्त्वपूर्ण भुमिका निर्वाह गरेको बताए।

यस्ता स्वस्थ खेलकुद कार्यक्रमहरू आयोजना गरी दुई देशका युवाहरूलाई एकै ठाउँमा ल्याउने प्रयासलाई निरन्तरता दिने दूतावासको प्रतिबद्धता रहेको उनले बताए।

प्रकाशित: ४ चैत २०७९ २२:०८ | Saturday, March 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast