 
                             
                                            काठमाडौँ- ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने भएको छ। सेलिब्रिटी नेपालले आयोजना गर्न लागेको महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका फिल्म सहभागी हुनेछन्। महोत्सवको लागि फिल्म दर्ता आह्वान गरिएको आयोजकले जनाएको छ।
महोत्सवमा गाउँले परिवेशमा बनेका स्वदेशी सर्ट फिल्म, डकुमेन्ट्री, फिचर फिल्म र विभिन्न भाषाभाषीका फिल्म महोत्वसमा सहभागी हुनेछन्। निर्णायकले छनोट गरेका फिल्म महोत्सवमा देखाइनेछन्। उत्कृष्ट फिल्मलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ।
दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु र नियमित फिल्म हेर्ने बानी बसाल्नु, ग्रामीण कथामा बनेका फिल्मलाई विश्वमाझ पु¥याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्नु महोत्सवको मुख्य उद्देश्य हो।
महोत्सवमा यसअघि गोरखाको लाप्राकमा भएको थियो। चलचित्र विकास बोर्डको सहकार्यमा महोत्सव हुँदैछ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 