नेपाल इटाली उद्योग वाणिज्य संघको नवौँ वार्षिक साधारणसभा सम्पन्न

हिमाल प्रेस ९ चैत २०७९ १८:२८ | Thursday, March 23, 2023
नेपाल इटाली उद्योग वाणिज्य संघको नवौँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ- नेपाल इटाली उद्योग वाणिज्य संघको नवौँ वार्षिक साधारणसभा काठमाडौँमा सम्पन्न भएको छ। नेपाल र इटालीबीच बढ्दो व्यापार व्यवसायलाई थप व्यवस्थित गर्दै लगानी तथा पर्यटन क्षेत्रलाई फराकिलो बनाउने निष्कर्षसहित सभा सम्पन्न भएको हो।

सभामा भौतिकपूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, नेपाल इटाली चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जय अग्रवाल, मानार्थ सदस्य राजेशकाजी श्रेष्ठलगायत पदाधिकारीको सहभागिता थियो।

नवौं वार्षिक साधारणसभामा कार्यवाहक अध्यक्ष ध्रुवकुमार श्रेष्ठले स्वागत मन्तव्य राखे। ‘नेपालको सांस्कृतिक, वस्तु सम्पदा र ऐतिहासिक सम्पदाको पुनर्निर्माणको क्षेत्रमा इटालीको योगदानप्रति हामी आभारी छौँ,’ उनलेभने, ‘यो सहयोग हाम्रा दुई देशबीचको मित्रताको चिरस्थायी प्रतीकको रूपमा रहने छ भन्ने हाम्रो विश्वास छ।’

नेपाल र इटालीबीच कुटनीतिक सम्बन्ध स्थापना भएको साढे ६ दशक पुग्न लागेको छ। सन् १९५९ अगस्ट ३१ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।

सो अवधिमा दुई मुलुकबीचको सम्बन्ध सुमधुर रहेको र व्यापार व्यवसाय पनि उल्लेख्य रहेकाले दुई मुलुकबीचको आर्थिक सम्बन्धलाई थप बलियो र सशक्त बनाउन नेपाल इटाली चेम्बर अफ कमर्स स्थापना गरिएको हो।

प्रकाशित: ९ चैत २०७९ १८:२८ | Thursday, March 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast