नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रवाल

हिमाल प्रेस १६ चैत २०७९ १८:१३ | Thursday, March 30, 2023
नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रवाल

काठमाडौँ- नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी सञ्जय अग्रवाल चयन भएका छन्। संघको नवौं वार्षिक साधारणसभाले अग्रवालको अध्यक्षतामा २८ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो।

संघको संरक्षकमा राजेशकाजी श्रेष्ठ तथा मानार्थ सदस्यमा ध्रुवकुमार श्रेष्ठ चयन भएका छन्। त्यस्तै कार्यसमितिको निवर्तमान अध्यक्षमा नवराज ढकाल र वरिष्ठ उपाध्यक्षमा अरनिको राजभण्डारी निर्वाचित भएका छन्।

संघको उपाध्यक्षमा निरज श्रेष्ठ र मनोज ज्ञवाली तथा महासचिवमा तीर्थबहादुर रोक ाचयन भएका छन्। संघको विधानअनुसार उपाध्यक्ष दुईजना रहने व्यवस्था छ। त्यस्तै कोषाध्यक्षमा पवन अग्रवाल र सचिवमा रोमनाथ घिमिरे तथा मनोज श्रेष्ठ बडेल चयन भएका छन्।

कार्यसमिति सदस्यहरूमा अरुण केसी, अन्ना मारिया, बसुमाया तामाङ, बीणा प्याकुरेल श्रेष्ठ, भुवनेश्वर फैंजु, विनोद सग्तानी र वीरेन्द्र शाही चयन भएका छन्। त्यस्तै संघको अन्य सदस्यहरूमा किसान सुनार, किशोर भट्टराई, साम्बा लामा, सञ्जय अग्रवाल सर्राफ, सारिक बोगटी, शम्भु लामा, सुमित धानुका, सुशील जैन, सुभाशविक्रम शाह र युगेश बादे श्रेष्ठ चयन भएका छन्।

नवनिर्वाचित कार्य समितिले नेपाल र इटलीबीच व्यापार, लगानी, पर्यटन प्रवद्र्धन गर्दै द्विपक्षीय आर्थिक सम्बन्धबारे काम गर्नेछ। नेपाल र इटलीबीच व्यापार घाटा कम गर्न नेपाली वस्तुको निकासी बढाउन पहल गर्ने संघले बताएको छ।

संघको साधारणसभाको उद्घाटन गत साता उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए।

प्रकाशित: १६ चैत २०७९ १८:१३ | Thursday, March 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast