नेपाली बजारमा ‘शाओमी १३ लाइट’ सार्वजनिक

हिमाल प्रेस १३ चैत २०७९ १९:३१ | Monday, March 27, 2023
नेपाली बजारमा ‘शाओमी १३ लाइट’ सार्वजनिक

काठमाडौँ- स्मार्टफोन ब्राण्ड शाओमीले ‘शाओमी १३ लाइट’ नेपाली बजारमा सार्वजनिक गरेको छ। डुअल फ्रन्ट क्यामेरासहितको फ्ल्यागशिप क्यामेरा प्रणाली प्रदान गर्ने फ्ल्यागशिप स्मार्टफोन सोमबार सार्वजनिक गरिएको हो।

उक्त स्मार्ट फोन स्लिम डिजाइन र इमर्सिभ डिस्प्लेले सुसज्जित रहेको कम्पनीको दाबी छ। शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाले शाओमीको लक्ष्य नयाँ स्मार्टफोन उचित मूल्यमा नवीनतम प्रविधिहरू थप पहुँचयोग्य बनाउनु रहेको बताए।

कम्पनीको मूल दर्शन नै सुलभमा राम्रो स्मार्टफोन उप्लब्ध गराउने रहेको भन्दै उनले शाओमी १३ लाइट पनि मूल दर्शनबाटै प्रेरित रहेको बताए। शाओमी १३ लाइटमा ५० मेगापिक्सेलको ट्रिपल क्यामेरा सेटअप लगायतका सुविधा छन्।

प्रकाशित: १३ चैत २०७९ १९:३१ | Monday, March 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast