नेपाललाई यूएईको ३११ रनको लक्ष्य

हिमाल प्रेस २ चैत २०७९ १३:४१ | Thursday, March 16, 2023
नेपाललाई यूएईको ३११ रनको लक्ष्य

काठमाडौँ- आशिफ खानले एकदिवसीय क्रिकेट इतिहासकै चौथो सर्वाधिक छिटो शतक प्रहार गरेपछि संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई ३११ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस जितेर ब्याटिङ गरेको यूएईका लागि आशिफले ४२ बलमा १०१ रन बनाए। अविजित रहेका आशिफले ११ छक्का र चार चौका हिर्काएका थिए।

निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रनको विशाल योगफल तयार पारेको यूएईका लागि अन्य दुई ब्याट्सम्यानले अर्धशतक बनाए। मध्यक्रमका भृत्य अरबिन्दले ९४ र ओपनिङ गरेको कप्तान मोहम्मद वासिमले ४९ रनको योगदान गरे। १३८ बल सामना गर्दा ६ रनले शतक बनाउन चुकेका अरबिन्दले दुई छक्का र आठ चौका प्रहार गरे। कप्तान वासिमलको नाममा छ छक्का र दुई चौका रहे।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले १९ बलमा दुई विकेट हात पारे। सन्दीप लामिछाने, सोमपाल कामी र ललित राजवंशीले एक–एक विकेट लिए। सन्दीप र सोमपाल असाध्यै खर्चिला साबति भए। सन्दीपले ८० र सोमपालले ७४ रन खर्च गरे।

प्रकाशित: २ चैत २०७९ १३:४१ | Thursday, March 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast