 उपसभामुख इन्दिरा रानामगर।
                             उपसभामुख इन्दिरा रानामगर।
                                            काठमाडौँ- प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले नेपालमा महिला सहभागिता गर्ब लायक रहेको बताइन्।
झापाको बिर्तामोडस्थित वीरता लेडी जेसीजले आज यहाँ आयोजना गरेको ‘उत्कृष्ट नारी सम्मान’ कार्यक्रममा उनले ठूला र विकसित भनिएका मुलुकमा भन्दा नेपालमा महिला सहभागिता धेरै रहेको बताइन्।
‘धेरै विकसित मुलुकमा पाँच, १०, १५ देखि २५ प्रतिशत महिला सहभागिता रहेको छ’, उनले भनिन्, ‘नेपालमा संविधानले नै ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको छ, यसलाई बढाएर ५० प्रतिशत पुर्याउनुपर्छ।’
महिला अधिकार स्थापित गर्न र समानताका लागि संघर्ष गर्नुपर्ने अवस्था विद्यमान रहेको उनको भनाइ छ। हरेक क्षेत्रमा महिला सहभागिता बढाउन आवश्यक रहेको बताउँदै उहाँले बेथिति विरुद्ध ‘एक्सन’ मा उत्रिन जरुरी रहेको औँल्याए। उनले यौनिक, अपांगता र भूगोलका आधारमा महिला सहभागिता हुनुपर्नेमा जोड दिइन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                             ![उपसभामुख इन्दिराबाट गलत भएकै हो : धवलशमशेर जबरा [अन्तर्वार्ता]](https://himalpress.com/wp-content/uploads/2024/09/dhawal.jpeg) 
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 