नेकपा एकीकृत समाजवादी पार्टी पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने

हिमाल प्रेस ५ चैत २०७९ १४:०३ | Sunday, March 19, 2023
नेकपा एकीकृत समाजवादी पार्टी पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने जगन्नाथ खतिवडा

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ। आज आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो।

त्यस्तै आजैको बैठकले पार्टीको महासचिवमा घनश्याम भुसाललाई र अहिलेसम्म महासचिव रहेका बेदुराम भुसाललाई उपाध्यक्षमा मनोनीत गरेको  प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

आजको बैठकले पार्टीका चार जना उपाध्यक्षहरू घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई सचिवालय सदस्य मनोनीत गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित: ५ चैत २०७९ १४:०३ | Sunday, March 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast