नेकपा एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल

हिमाल प्रेस ५ चैत २०७९ १३:२७ | Sunday, March 19, 2023
नेकपा एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल

काठमाडौँ- घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी)को महासचिव बनेका छन्। आज आइतबार बसेको उक्त पार्टीको केन्द्रीय सचिवालय बैठकले भुसाललाई महासचिव मनोनीत गरेको हो।

यसअघिका महासचिव बेदुराम भुसाल भने उपाध्यक्ष बनेका छन्। घनश्याम भुसाल नेकपा एमाले परित्याग गरी स्वतन्त्रबाट प्रतिनितिसभा निर्वाचनको उम्मेदवार बनेका थिए। उनलाई नेकपा एकीकृत समाजवादीसहित कांग्रेसलगायत दलले समर्थन गरेका थिए। तर उनी पराजित बनेका थिए।

प्रकाशित: ५ चैत २०७९ १३:२७ | Sunday, March 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast