निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाइँदै

हिमाल प्रेस २६ फागुन २०७९ ६:५९ | Friday, March 10, 2023
निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाइँदै

काठमाडौँ- बिहीबार सम्पन्न राष्ट्रपति निर्वाचनको मतपरिणामको प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले यस निर्वाचनको परिणामसहितको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष पेस गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ।

राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेल निर्वाचित भएका छन्।

प्रकाशित: २६ फागुन २०७९ ६:५९ | Friday, March 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast