नारायणघाट-बुटवल सडकमा वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’ निर्माण गरिने

हिमाल प्रेस ३० फागुन २०७९ २१:४५ | Tuesday, March 14, 2023
नारायणघाट-बुटवल सडकमा वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’ निर्माण गरिने फाइल तस्बिर रासस।

काठमाडौँ- पूर्वपश्चिम राजमार्गको नारायणघाट– बुटवल सडक विस्तारको क्रममा वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’ निर्माण गरिने भएका छन्।

सडक निर्माण सम्पन्न हुँदा आयोजनाको पूर्वीखण्ड (गैडाकोट–दाउन्ने) मा २२ र पश्चिम खण्ड (दाउन्ने–बुटवल) मा १३ गरेर ३५ अन्डर पास निर्माण गरिने भउका हुन्।

आयोजनाका प्रोजेक्ट म्यानेजर राकेश झाले वन्यजन्तुका कारण हुने सडक दुर्घटना तथा दुर्घटनाबाट वन्यजन्तुलाई जोगाउन साना र ठूला अन्डरपास निर्माण गरिने जानकारी दिए।

उनका अनुसार ३५ अन्डरपासमध्ये कतिपय ठूला पुल र कल्र्भटलाई अन्डरपासको रूपमा बनाइएको छ। पुल र ठूला कल्र्भट नभएका स्थानमा अन्डर पासकै संरचना बनाइने उनको भनाइ छ।

यसरी निर्माण गरिने अन्डरपास तीन मिटरदेखि १२ मिटरसम्म उचाइ र आवश्यकताअनुसार १६ मिटरसम्म फराकिलो हुने झाले बताए।

अन्डरपासमा वन्यजन्तुको निगरानी गर्न सीसीटीभी क्यामेरा राख्ने गरी निर्माण गरिएको छ। यसअघि गत वैशाखमा सरकारले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका जारी गर्दै वन्यजन्तुको ज्यान जोखिममा पर्ने गरी पूर्वाधार निर्माण गर्न रोक लगाएको थियो। नेपालमै पहिलो पटक नारायणघाट-मुग्लिन सडकमा वन्यजन्तुका लागि अन्डरपास निर्माण गरिएको थियो। रासस

प्रकाशित: ३० फागुन २०७९ २१:४५ | Tuesday, March 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast