नागरिकता विधेयक यही अधिवेशनमा पेस गरौँ : गगनकुमार थापा

हिमाल प्रेस १५ चैत २०७९ १६:०८ | Wednesday, March 29, 2023
नागरिकता विधेयक यही अधिवेशनमा पेस गरौँ : गगनकुमार थापा

काठमाडौँ- नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नागरिकतासम्बन्धी कानुन यही संसद् अधिवेशनमा टेबल गर्न सरकारसँग माग गरेका छन्। आजको प्रतिनिधिसभा बैठकमा उनले नागरिकतासम्बन्धी कानुन अभिलम्ब पारित गर्नुपर्ने बताए।

‘नागरिकता कानुनका सम्बन्धमा राजनीतिक दलहरुको जे जे विमति छ, विमतिलाई थाँति राखेर हाम्रोबीचमा समझदारी भइसकेको जन्मसिद्धका सन्तानले संविधानअनुसार नागरिकता पाउने कुराको कार्यान्वयन गर्न, आमाको नाममा नागरिकता पाउने कुरा कार्यान्वय हामी एकमत छौँ,’ थापाले भने, ‘ती विषयलाई मात्रै समेटेर भए मात्रै पनि अविलम्ब संसद्बाट पारित गर्ने गरी नागरिकतासम्बन्धी कानुन यही सत्रमा टेबल गर्न गम्भीर ध्यानाकर्षण गर्दछु।’

उनले नागरिक भएर पनि नागरिकताको प्रमाणपत्र नहुँदाको अपमान नागरिकता भएकाहरूले बुझ्न नसकेको बताए।

प्रकाशित: १५ चैत २०७९ १६:०८ | Wednesday, March 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast