 
                             
                                            काठमाडौँ– नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई नेपालस्थित अमेरिकी राजदूतावसले बधाई ज्ञापन गरेको छ।
सोमबार ट्वीट गर्दै अमेरिकी राजदूतावासले उनलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको हो।
सोमबार शीतल निवासमा आयोजित विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सपथ ग्रहण गराएका छन्। शपथ ग्रहणपछि उनले जिम्मेवारी सम्हालेका छन्।

                            प्रकाशित: २९ फागुन  २०७९ १८:२३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 