नर्भिकमा जनचेतना कार्यक्रममा सहभागी हुनेलाई सुगर जाँच र परामर्श सेवा निःशुल्क

हिमाल प्रेस २९ फागुन २०७९ १५:५७ | Monday, March 13, 2023
नर्भिकमा जनचेतना कार्यक्रममा सहभागी हुनेलाई सुगर जाँच र परामर्श सेवा निःशुल्क

काठमाडौँ- थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मधुमेह(सुगर)का बिरामीलाई लक्षित गरी जनचेतना कार्यक्रम गर्ने भएको छ।

अस्पतालले आगामी चैत ७ गते मधुमेहका बिरामीलक्षित जनचेतना कार्यक्रम गर्ने भएको हो। अस्पतालको नर्सिङ ट्रेनिङ हलमा हुने कार्यक्रममा सहभागी हुनेलाई निःशुल्क सुगर जाँचलगायतका सेवा दिने अस्पताल प्रशासनले जानकारी दिएको छ।

अस्पतालकी विशेषज्ञ चिकित्सक डा. कामक्क्षा शाहले जनचेतनामूलक कार्यक्रमको नेतृत्व गर्ने र निःशुल्क सुगर जाँच तथा परामर्श सेवा दिने कार्यक्रम छ।

प्रकाशित: २९ फागुन २०७९ १५:५७ | Monday, March 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast