नयाँ वर्षमा यामाहाको ‘पावर अफ फाइभ’ उपहार योजना

हिमाल प्रेस १६ चैत २०७९ १७:०६ | Thursday, March 30, 2023
नयाँ वर्षमा यामाहाको ‘पावर अफ फाइभ’ उपहार योजना

काठमाडौँ- नयाँ वर्ष २०८० को अवसरमा यामाहाले ‘पावर अफ फाइभ’ उपहार योजना ल्याएको छ। यामाहाको दुईपांग्रे सवारीसाधनको नेपालका लागि आधिकारिक विक्रेता एमडब्ल्यू इन्टरप्राइजेजले बिहीबार योजना सार्वजनिक गरेको हो।

योजनाअन्तर्गत कम्पनीले यामाहाको नयाँ बाइक वा स्कुटर खरिद गर्नुअघि नै अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ। त्यस्तै, खरिद गरेपछि वाइल्ड कार्डमार्फत १ लाख रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका पाउने कम्पनीको भनाइ छ।

खरिद गरेपछि पनि ३ जना भाग्यशाली विजेताले आफ्नो रेफरल कोड सेयर गरी साप्ताहिक रूपमा आईफोन १४ वा एप्पल वाच वा एप्पल एयर पड्स जित्ने मौका पाउने कम्पनीको भनाइ छ।

उक्त योजना आर १५, एमटी १५ र फेसिनो मोडलबाहेकका अन्य दुईपांग्रेमा लागू हुने कम्पनीको भनाइ छ। उक्त योजना अन्तर्गत पाँचवटा अफर रहेका र घरबाटै पनि योजनामा सहभागी हुन पाउने कम्पनीले बताएको छ।

प्रकाशित: १६ चैत २०७९ १७:०६ | Thursday, March 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast