नयाँ वर्षदेखि फिल्म छायांकनमा सिफ्ट प्रणाली लागू हुने

हिमाल प्रेस १६ चैत २०७९ १३:०७ | Thursday, March 30, 2023
नयाँ वर्षदेखि फिल्म छायांकनमा सिफ्ट प्रणाली लागू हुने

काठमाडौँ- आगामी वैशाख १ गतेदेखि लागू हुने गरी फिल्म छायांकन सिफ्ट प्रणाली लागू हुने भएको छ।
नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) बैशाख १ देखि १२ घण्टाको सिफ्ट सिस्टम कार्यान्वयन गर्ने निर्णय गरेको हो।

१२ घन्टाको सिफ्ट सिस्टममा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म र बिहान ९ बजेदेखि राति ९ बजेसम्म प्राविधिकले काम गर्नुपर्ने नेफ्टाले जनाएको छ।

नेफ्टाका अनुसार अन्तर्राष्ट्रिय फिल्म उद्योगमा कार्यरत प्राविधिकको अभ्यासलाई हेरेर नेपालमा यस्तो व्यवस्था लागू गर्न लागिएको हो। २०७६ सालदेखि नै यो प्रणाली सुरु गर्ने तयारी रहेपनि कोरोनाको कारण रोकिएको थियो।

सिफ्ट प्रणाली कार्यान्वयन गर्न फिल्म सम्बद्ध सबै निकायसँग सहकार्य गर्ने नेफ्टाको योजना छ। आगामी वैशाख १ गतेदेखि नेफ्टाको सदस्यता नलिने प्राविधिकले काम गर्न र संस्थाबाट सुविधा पनि नपाउने यसको नियम रहेको छ।

साथै, नेपालमा छायांकन गर्न आउने विदेशी फिल्मले अनिवार्य ६५ प्रतिशत नेपाली प्राविधिक राख्नुपर्ने र नेफ्टासँग अनुमति लिनुपर्नेदेखि सहकार्य गर्नुपर्ने नियम पनि ल्याएको छ।

छिमेकी मुलुकमा फिल्म छायांकनलाई जाँदा त्यहाँका एसोसिएसनसँग सहकार्य गर्नुपर्ने नियम रहेको बताउँदै नेपालमा समेत थालनी गर्नेलगायतका योजना तयार गरिरहेको नेफ्टाले जनाएको छ।

प्रकाशित: १६ चैत २०७९ १३:०७ | Thursday, March 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast