नयाँ पाँच एआईजीले लगाए दर्ज्यानी चिह्न, अब को बन्ला आईजीपी?

हिमाल प्रेस ८ चैत २०७९ १६:३५ | Wednesday, March 22, 2023
नयाँ पाँच एआईजीले लगाए दर्ज्यानी चिह्न, अब को बन्ला आईजीपी?

काठमाडौँ- बढुवा समितिको सिफारिसअनुसार मन्त्रिपरिषद्‌बाट बढुवा भएका नेपाल प्रहरीका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूले दर्ज्यानी चिह्न लगाएका छन्।

आज बुधबार प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक (आईजीपी)धीरजप्रताज सिंहले बढुवा भएर एआईजी बनेकाहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यले बुधबार दर्ज्यानी चिह्न लगाइदिएका हुन्।

मन्त्रिपरिषद्को चैत ६ गतेको बैठकले उनीहरूलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट एआईजीमा बढुवा गर्ने निर्णय गरेको थिए।

प्रहरीको ३० वर्षे सेवा अवधिको प्रावधानअनुसार हालका प्रहरी महानिरीक्षक (आईजीपी) सिंहको कार्यकाल यही ११ गते सकिँदैछ। त्यसअघि नयाँ आईजीपीको टुंगो लाग्नेछ। बढुवा हुँदा वसन्तबहादुर कुँवर पहिलो नम्बरमा छन्।

सरकारले एआईजीमा भएको बढुवाकै आधारमा आईजीपी नियुक्त गरे कुँवर प्रहरी प्रमुख बन्ने सम्भावना छ। प्रहरी स्रोतका अनुसार कुँवर, थापा र ज्ञवाली भावी प्रहरी प्रमुख बन्न राजनीतिक लबिङ बढाइरहेका छन्।

प्रकाशित: ८ चैत २०७९ १६:३५ | Wednesday, March 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast