‘नदीहरू दक्षिण एसियाका लागि जीवन रेखा’ नामक क्षेत्रीय सम्मेलन हुँदै

हिमाल प्रेस ३० फागुन २०७९ २०:२२ | Tuesday, March 14, 2023
‘नदीहरू दक्षिण एसियाका लागि जीवन रेखा’ नामक क्षेत्रीय सम्मेलन हुँदै कालीगण्डकी नदी। फाइल तस्बिर

काठमाडौँ- ‘नदीहरू दक्षिण एसियाका लागि जीवन रेखा’ नामक क्षेत्रीय सम्मेलन हुने भएको छ। बुधबार फ्रेडरिक नौमन फाउन्डेसन फर फ्रीडम (एफएनएफ)को दक्षिण एसिया क्षेत्रीय कार्यालयले काठमाडौँमा सम्मेलन गर्ने भएको हो।

कार्यक्रमका लागि जर्मन दूतावास, समृद्धि फाउन्डेसन र जर्मन नेपाल सोसाइटी संघसँग सहकार्य गरिएको छ। क्षेत्रीय संवादलाई बढावा दिने र क्षेत्रीय सीमापार सहयोगलाई सुदृढ गर्न सरोकारवालाहरूको नेटवर्क निर्माण गर्ने उद्देश्यले सम्मेलन हुन लागेको हो।

सम्मेलनमा विज्ञहरूले साझा नदीहरूले प्रदान गर्ने चुनौती र अवसरहरू तथा जलस्रोतमा सम्भावित द्वन्द्व रोक्न, शान्तिपूर्ण सह–अस्तित्वमा योगदान पु¥याउन नदी–कूटनीति एवं बहुपक्षीय सहयोग प्रवद्र्धन गर्ने उपायबारे छलफल गर्नेछन्।

सम्मेलनमा जलविज्ञान विज्ञ, राजनीतिज्ञ, पत्रकार, शिक्षाविद्, संघसंस्था र नागरिक समाजलगायतको सहभागिता हुनेछ। सम्मेलनमा आठ एसियाली देशका साथै युरोप र तिब्बती समुदायका गरी १४ वक्ताको सहभागिता रहनेछ।

सम्मेलनले नदी स्रोतमा क्षेत्रीय सहयोगको सम्भावना र चुनौतीबारे टिप्पणी गर्न दक्षिण एसियाका तीनजना विज्ञहरूलाई पनि स्वागत गर्नेछ। उनीहरुले जलवायु परिवर्तन र दक्षिण एसियामा यसको प्रभाव न्यूनीकरण गर्न क्षेत्रीय सहयोगको महत्त्वका विषयमा पनि छलफल गर्नेछन्।

प्रकाशित: ३० फागुन २०७९ २०:२२ | Tuesday, March 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast