‘धोकेबाज हौ तिमी’ गीत विवादबारे शिव परियारको यस्तो प्रस्टीकरण

हिमाल प्रेस ७ चैत २०७९ १४:४२ | Tuesday, March 21, 2023
‘धोकेबाज हौ तिमी’ गीत विवादबारे शिव परियारको यस्तो प्रस्टीकरण

काठमाडौँ- गायक शिव परियारले ‘धोकेबाज हौ तिमी’ गीत अनावश्यक विवादमा पारिएको बताएका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमा प्रेस विज्ञप्ति सार्वजनिक गर्दै उनले दर्शकलाई भ्रममा पार्नमात्र खोजिएको प्रस्टीकरण दिएका हुन्।

‘स्वर दिने कुनै पनि गायक गायिकाले यो गीत मेरो मात्र हो अरूको होइन भन्ने अभिव्यक्ति कतै लेखेको वा दिएको अवस्था पनि छैन र चोरी चकारी वा कभर गरेर हामी कसैले गाएको पनि हैनौँ,’ उनले लेखेका छन्, ‘यस गीतलाई मेल, फिमेल, चाइल्ड तीनै भर्सनमा आफ्नो स्वर दिएर गाउने गायकगायिका नै यस गीतका आधिकारिक र ओर्जिनल गायकगायिका हुन्। यो विषयमा कुनै विवाद गर्नुपर्ने आधार या आवश्यकता मैले देखेको छैन।’

पछिल्लो समय चर्चामा रहेको गीत ‘धोकेबाज हौ तिमी’मा शिव परियारले जस लिन खोजेको भन्दै उनको आलोचना भएको थियो। गायिका एलिना चौहानको स्वरमा यो गीत भाइरल बनेको थियो।

प्रकाशित: ७ चैत २०७९ १४:४२ | Tuesday, March 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast