धारिलो हतियार प्रयोग गरी कुटपिट गर्ने तीन पक्राउ

हिमाल प्रेस २९ फागुन २०७९ ७:११ | Monday, March 13, 2023
धारिलो हतियार प्रयोग गरी कुटपिट गर्ने तीन पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले काठमाडौँको बालाजुमा एक व्यक्तिलाई धारिलो हतियार प्रयोग गरी कुटपिट गर्ने तीनजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँ र मातहतको टोलीले शनिबार काठमाडौँ महानगरपालिका–१६ गङ्गाहल नजिक नुवाकोट विदुर नगरपालिका–४ घर भई काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने २४ वर्षीय सुमन पण्डितलाई धारिलो हतियार प्रयोग गर्ने तीनजनाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका घर भई काठमाडौँको तारकेश्वर बस्ने २० वर्षीय जेन राई, सोही स्थानका १८ वर्षीय निशान राई र नुवाकोट बेलकोटगढी नगरपालिका घर भई काठमाडौँको नेपालटार बस्ने २८ वर्षीय दिनेश तामाङ छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले ज्यान मार्ने उद्योग गर्न नहुने कसुरमा फरार रहेका तीनजनालाई तारकेश्वर नगरपालिकाको फुटुङबाट पक्राउ गरिएको जानकारी दिए।

प्रहरीले पक्राउ परेकासँग एक थान चुप्पी र एक थान छिनो बरामद गरेको छ। पक्राउ परेकालाई ज्यान मार्ने उद्योग गर्न नहुने कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट आइतबार पाँच दिनको म्याद थप गरेर प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको प्रवक्ता रिजालले बताए। रा

प्रकाशित: २९ फागुन २०७९ ७:११ | Monday, March 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast