धर्ना दिने संकेत बुझेपछि मोरङ प्रशासनले घोषणा गर्‍यो निषेधित क्षेत्र

हिमाल प्रेस ४ चैत २०७९ ९:२१ | Saturday, March 18, 2023
धर्ना दिने संकेत बुझेपछि मोरङ प्रशासनले घोषणा गर्‍यो निषेधित क्षेत्र

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ।

कोशी प्रदेश नामकरणपछि असहमत पक्षबाट विरोध, धर्ना र जुलुस हुन थालेपछि सुरक्षामा असर पर्ने भन्दै प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो।

प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोड शेषचोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म प्रशासनले निषेधित क्षेत्र तोकेको छ।

सुरक्षा स्थिति सहज एवं सामान्य तुल्याई राख्न जिल्ला सुरक्षा समितिको मोरङको निर्णयानुसार चैत ५ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित स्थानमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्य गर्न रोक लगाइएको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेध गरिएकाले जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यो आदेश उल्लंघन गरी उल्लेखित कार्य गरेको पाइए प्रचलित कानुन बमोजिम कारवाही हुने प्रशासनले सूचनामा उल्लेख छ।

प्रकाशित: ४ चैत २०७९ ९:२१ | Saturday, March 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast