धनगढीमा ‘विश्व नेपाली नारी साहित्य’ महोत्सव सम्पन्न

हिमाल प्रेस १३ चैत २०७९ २०:३० | Monday, March 27, 2023
धनगढीमा ‘विश्व नेपाली नारी साहित्य’ महोत्सव सम्पन्न

धनगढी- धनगढीमा चैत १० गतेदेखि सञ्चालन भएको ‘विश्व नेपाली नारी साहित्य’ महोत्सव सोमबार सम्पन्न भएको छ। सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा महोत्सव भएको हो।

विश्व नेपाली नारी साहित्य महोत्सवमा भारत, अमेरिका, भूटान, म्यानमारलगायत देशबाट दुई सयभन्दा बढी नारी साहित्य स्रष्टाहरूको सहभागिता रहेको साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले बताए।

महोत्सवमा साहित्यकार झमक घिमिरे, प्रतिभाशाली बालिका प्रिन्सा रेग्मी, स्थापित समाजसेवी अनुराधा कोइराला, मधेसका मुर्धन्य साहित्यकार राजेन्द्र विमल, गजलकार तिलक पेला, अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष पदम विश्वकर्मालगायतको पनि सहभागिता थियो।

महोत्सवमा साहित्यकार झमक घिमिरेलाई लाई एक लाख ११ हजार रुपैयाँ राशीको बद्रि–कृष्णा वाङमय पुरस्कार प्रदान गरिएको आयोजकले जानकारी दिएको छ। यसअघि सुदूरपश्चिमाञ्चल साहित्य समाजले २०७६ सालमा विश्व नेपाली साहित्य महोत्सव र २०७८ सालमा नेपाली साहित्य महोत्सव आयोजना गरेको थियो।

प्रकाशित: १३ चैत २०७९ २०:३० | Monday, March 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast