धनगढीमा विश्‍व नेपाली नारी साहित्य महोत्सव सुरु

हिमाल प्रेस १० चैत २०७९ २१:३८ | Friday, March 24, 2023
धनगढीमा विश्‍व नेपाली नारी साहित्य महोत्सव सुरु

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको धनगढीमा आजदेखि ‘विश्‍व नेपाली नारी साहित्य महोत्सव’सुरु भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार महोत्सव उद्घाटन गरे।

भाषा, साहित्य र संस्कृतिको संरक्षण गर्ने उद्देश्यसहित सुदूरपश्चिमाञ्चल साहित्य समाजले महोत्सव आयोजना गरेको हो। चैत १३ गतेसम्म चल्ने महोत्सवमा साहित्य र साहित्यसम्बन्धी विषयमा छलफल हुने आयोजकले जनाएको छ।

आयोजकका अनुसार महोत्सवमा नेपालसहित भारत, भुटान, अमेरिका लगायतबाट नेपालीभाषी साहित्यकारको सहभागिता रहेनेछ। महोत्सवमा साँझ काव्य अराधना, गजल सन्ध्या र मौलिक नृत्य प्रस्तुति पनि रहनेछ।

प्रकाशित: १० चैत २०७९ २१:३८ | Friday, March 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast