धनगढीमा विश्‍व नेपाली नारी साहित्य महोत्सव सुरु

हिमाल प्रेस १० चैत २०७९ २१:३८
धनगढीमा विश्‍व नेपाली नारी साहित्य महोत्सव सुरु

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको धनगढीमा आजदेखि ‘विश्‍व नेपाली नारी साहित्य महोत्सव’सुरु भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार महोत्सव उद्घाटन गरे।

भाषा, साहित्य र संस्कृतिको संरक्षण गर्ने उद्देश्यसहित सुदूरपश्चिमाञ्चल साहित्य समाजले महोत्सव आयोजना गरेको हो। चैत १३ गतेसम्म चल्ने महोत्सवमा साहित्य र साहित्यसम्बन्धी विषयमा छलफल हुने आयोजकले जनाएको छ।

आयोजकका अनुसार महोत्सवमा नेपालसहित भारत, भुटान, अमेरिका लगायतबाट नेपालीभाषी साहित्यकारको सहभागिता रहेनेछ। महोत्सवमा साँझ काव्य अराधना, गजल सन्ध्या र मौलिक नृत्य प्रस्तुति पनि रहनेछ।

प्रकाशित: १० चैत २०७९ २१:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast