 
                             
                                            सुर्खेत- नेपालगन्जदेखि ग्यास सिलिन्डर बोकेर दैलेख जाँदै गरेको ट्रक दुर्घटना हुँदा बुधबार तीन जनाको मृत्यु भएको छ। बिहान करिब पौने ९ बजे दैलेखको गुराँस गाउँपालिका-४, तालपोखरी भन्ने स्थानमा भे १ क २२०१ नम्बरको ट्रक दुर्घटना भएको हो।
दैलेख प्रहरीका अनुसार चालक कृष्ण चौधरी, कामदारहरू लक्षीराम चौधरी र विष्णु चौधरीको मृत्यु भएको छ। सहचालक प्रकाश कुमाई भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किशोर लम्सालले जानकारी दिए।
सहचालकले ट्रकमा ओट लगाउँदालगाउँदै ट्रक खसेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ। ट्रक सडकदेखि झण्डै डेढ सय मिटर तल खसेर अर्को सडकमा पुगेको प्रहरीले जानकारी दिएको छ। सिलिन्डर सडकभरि छरिएका छन्।
                            प्रकाशित: ८ चैत  २०७९ ११:४० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 